close

पहिलो पटक योजनामा समेटिए कालीकोटका ८९ विद्यालय

पहिलो पटक योजनामा समेटिए कालीकोटका ८९ विद्यालय

Trulli
ADVERTISEMENT

कालीकोट- राष्ट्रिय योजना आयोगबाट यसपालि कालीकोट जिल्लालाई केन्द्रित गरेर ८९ वटा योजनाको अख्तियारी आएको छ । विद्यालय केन्द्रित योजना सबैभन्दा बढी आएका हुन् । पहिलो पटक कालीकोटका मीनबहादुर शाही आयोग सदस्यमा नियुक्त भएपछि जिल्लामा योजनाको चाङ लागेको हो । 


जिल्लाको खाँडाचक्र नगरपालिकामा सबैभन्दा बढी विद्यालय योजना छनोट भएका छन् । माध्यमिकदेखि आधारभूत विद्यालयलाई केन्द्रित गरेर योजना छनोट भएका छन् ।

 

योजना आयोगका सदस्य तथा प्रवक्ता शाहीले विकासमा निकै पछि परेको कालीकोटलगायत जिल्लालाई यसपालि बजेटमा प्राथमिकता दिइएको बताए । 

 

उनले कालीकोटसँगै हुम्ला, जुम्ला, मुगु, मनाङ, मुस्ताङ, बाजुरालगायत जिल्लाको विद्यालय सुधार योजना केन्द्रित भएको जानकारी दिए । प्रवक्ता शाहीले शिक्षामा पछि परेका जिल्लाको शैक्षिक गुणस्तर माथि लैलान आयोगबाट विद्यालय सुधारका लागि योजना केन्द्रित रहेको धारणा व्यक्त गरे । 


कालीकोटको रास्कोटका लालीगुराँस आधारभूत विद्यालय चुडिमूल, कालिका आधारभूत विद्यालय लहरेला, अन्नपूर्ण मावि बडरुख, सिमुनाथ आधारभूत विद्यालय वसन्तपुर, विजयपुर आधारभूत विद्यालय साहुबाडा, पञ्च आधारभूत विद्यालय पुच्छेगाउँलगायतका विद्यालय छन् ।

 

यस्तै, खाँडाचक्र नगरपालिकाभित्रका नैनेलदेव आधारभूत विद्यालय बद्रीगाउँ, पचालझरना गाउँपालिकाभित्रका जनता मावि खाद्दु, सरस्वती मावि सिकु, पंगेलीदेवी माविमा पनि योजनामा समेटिएका छन् ।

 

शान्नीत्रिवेणी गाउँपालिकाभित्रका जनज्योति मावि लुइँयाटा, शंकर मावि सेरीज्युउला, नरहरिनाथ गाउँपालिकाको विश्वकुना मावि, जनता मावि वडा नम्बर ५, जनप्रिय मावि वडा नम्बर ८, शुभकालिका गाउँपालिकाभित्र कालिका मावि, तिलागुफा नगरपालिकाभित्रको दुर्गा मावि पनि योजनामा अटाएका छन् ।

 

सत्यदेवी मावि जुविथा, महावै गाउँपालिकाको पञ्चदेवल आधारभूत विद्यालय वडा नम्बर वडा नम्बर ५, संगीन आधारभूत विद्यालय वडा नम्बर ४ लगायत ८९ वटा कमजोर विद्यालयलाई समेटिएको छ ।