close

फुङ्लिङका किसानलाई अनुदानमा भेडाका पाठापाठी

फुङ्लिङका किसानलाई अनुदानमा भेडाका पाठापाठी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले किसानलाई भेडाको बच्चा (पाठापाठी) वितरण गरेको छ । 

 

मासु, ऊन र मलको उत्पादन गर्न सकिने बहुउपयोगी घरपालुवा पशुको रूपमा रहेको भेडापालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले फुङ्लिङले किसानलाई भेडा वितरण गरेको हो । 

 

फुङ्लिङले चालू आर्थिक वर्षमा भेडा प्रवर्द्धन कार्यक्रमअन्तर्गत बजेट व्यवस्था गरेरै नगरभित्रका किसानलाई भेडा वितरण गरेको हो ।

 

नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईका अनुसार वडा नम्बर ८ दोखु चारपाटेका किसानलाई भेडाका पाठापाठी वितरण गरिएको छ । नगरपालिकाको ७५ प्रतिशत रकम अनुदानमा चारपाटेका किसानलाई ५८ वटा भेडा वितरण गरिएको उपप्रमुख भट्टराईले बताए ।

 

पछिल्लो समय किसानले भेडापालन व्यवसाय छाड्दै गएपछि बहुउपयोगी भेडा लोप हुने अवस्था आएकाले नगरपालिकाले योजनामा समावेश गरेरै किसानलाई पाठापाठी वितरण गरेको भट्टराईको भनाइ छ ।

 

किसानलाई वितरण गरिएको भेडाको पाठापाठी खरिदका लागि ६ लाख रुपैयाँ अनुदान रकम नगरपालिकाले उपलब्ध गराएको र लागत रकमको २५ प्रतिशत किसान आफैंले बेहोरेको प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिए ।