close

प्रविधिमैत्री बन्दै छ साकेला गाउँपालिका

प्रविधिमैत्री बन्दै छ साकेला गाउँपालिका

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।


केही समयअघि गाउँपालिकाको वडा नम्बर २ रतन्छाबाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अभ्यास सुरु गरेको पालिकाले गत १ वैशाखदेखि बाँकी रहेका ४ वटा वडामा अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी काम सुरु गरेको हो ।

 

५ वटा वडा रहेको गाउँपालिकामा नयाँ वर्षको अवसर पारेर अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता (जन्म दर्ता, मृत्यु दर्ता, बसाइँ, सम्बन्ध विच्छेदलगायत) तथा सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी काम सुरु गरिएको पञ्जीकरण शाखा प्रमुख डिल्लीमान राईले बताए । 

 

यसअघि हस्तलिखित व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी रेकर्ड कागजको ढड्डामा राख्ने गरिएकामा पञ्जीकरण विभागको केन्द्रीय सर्भरअनुसार सिस्टमबाट दर्ता सुरु गरिएको हो ।

 

कागजमा राखिने कतिपय विवरण हराउने, डढ्ने वा नास हुने भएकाले सरकारको नीतिअनुसार अनलाइनबाट व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी काम सुरु गरिएको पञ्जीकरण शाखा प्रमुख राईले जानकारी दिए ।

 

‘यस्ता तथ्यांक कागजमा राख्दा हराउन सक्छन्, डढ्न सक्छन् वा नाश हुन सक्छन् । तर, अनलाइनमार्फत गरिएको दर्ता सुरक्षित र भरपर्दो हुन्छ,’ राईले भने, ‘सरकारी कामकाजलाई पेपरलेस बनाउने सरकारकै अभियानअन्तर्गत व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणलाई अनलाइनमा लगिएको हो ।’

 

वडामा अनलाइनमा दर्ता गरिएको रेकर्ड केन्द्रीय सर्भरसँग लिंक हुनेछ । गत २३ देखि २९ चैतसम्म ५ वटै वडाका वडासचिव र कर्मचारीलाई सूचना व्यवस्थापन प्रणाली (एमआइएस) को सिस्टम सफ्टवेयर तालिम दिएर अनलाइनबाट व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी दर्ता थालिएको हो ।

 

पेपरलेस अभियानलाई प्रभावकारी बनाउन आगामी दिनमा वडाको हस्तलिखित जुनसुकै सिफारिसलाई मान्यता नदिइने पञ्जीकरण शाखा प्रमुख राईले बताए ।

 

वडाको सिफारिसलगायत कागजात अनिवार्य कम्प्युटर प्रिन्ट गरेको हुनुपर्नेछ । यस्तै, वडा कार्यालयबाट हुलाकमार्फत आदान–प्रदान हुने पत्र अनिवार्य इमेलमार्फत पठाउने र प्राप्त गर्ने अभ्यास सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।