close

एनआरएन नेपाल डेभलपमेन्ट फन्ड स्थापना 

विदेशमा नेपालीले कमाएको रकम सदुपयोग हुने अर्थमन्त्रीको विश्वास

एनआरएन नेपाल डेभलपमेन्ट फन्ड स्थापना 

विदेशमा नेपालीले कमाएको रकम सदुपयोग हुने अर्थमन्त्रीको विश्वास

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालमा पूर्वाधार, उत्पादनशीललगायत क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पुँजी भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । 

 

अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार एनआरएन नेपाल डेभलपमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ । 

 

२०७५ मा सम्पन्न लगानी सम्मेलनमा सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारीबमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत लगानी हुने भएको हो । 

 

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । 

 

‘सरकार कानुनी र नीतिगत रूपमा विदेशी पुँजी भित्र्याउन प्रतिबद्ध छ । छरिएर रहेको पुँजी मात्र होइन, विदेशी पुँजी पनि ल्याउन चाहन्छ’, अर्थमन्त्री पौडेलले भने, ‘वैध स्रोत र बैंकिङ प्रणालीबाट मात्र राष्ट्रको प्राथमिकतामा लगानी हुन भने जरुरी छ ।’ 


 
अर्थमन्त्री पौडेलले एनआरएन नेपाल डेभलपमेन्ट फन्ड स्थापनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै चुनौती पनि सँगै आएको धारणा व्यक्त गरे । 


राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक÷निजी साझेदारीका रूपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए । 

 

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले होल्डिङ कम्पनीका रूपमा अघि बढाउन सके लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे । राजस्व सचिव रामशरण पुडासैनीले गैरआवासीय नेपालीको तर्फबाट आउने लगानीका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

 

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा फन्डमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँभन्दा बढी पु¥याइने जानकारी दिए । 

 

गैरआवासीय नेपाल संघका संस्थापक अध्यक्ष तथा फन्डका अध्यक्ष डा. उपेन्द्र महतोले पुँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधिलगायत ल्याइने हुँदा सरकारसहित सबैको साथ सहयोगको अपेक्षा गरे । 

 

सरकारको ५० करोड सेयर लगानीसहित गैरआवासीय नेपाली प्रवद्र्धक रहेको कम्पनीमा ३ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ । 

 

नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिने योजना रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।