close

स्नातकका सबै विद्यार्थीलाई निःशुल्क पढाउने बेलवारीको घोषणा

स्नातकका सबै विद्यार्थीलाई निःशुल्क पढाउने बेलवारीको घोषणा

Trulli
ADVERTISEMENT

मोरङ- मोरङको बेलबारी बहुमुखी क्यापसमा २०७७/०७८ प्रथम वर्षमा भर्ना हुने सबै संकायका विद्यार्थीको भर्ना शुल्क नलाग्ने भएको छ । विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिरिदिने नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

 

बीएड, बीबीएस तथा बीए संकायमा भर्ना हुने आउने विद्यार्थीको खर्च नगरपालिकाले तिरिदिने भएको हो । आर्थिक अभावका कारण कसैले पनि उच्च शिक्षाबाट वञ्चित नहोउन् भन्ने लक्ष्य लिएर विद्यार्थीलाई सहयोग गरेको नगरप्रमुख सुवेदीले बताए ।

 

सुवेदी बेलबारी बहुमुखी क्याम्पसका अध्यक्षसमेत हुन । उनकै कार्यकालमा जग्गा व्यवस्थापन गरेर भवनसमेत निर्माण गरिएको छ ।