close

वडा सदस्य श्रेष्ठको निधन 

वडा सदस्य श्रेष्ठको निधन 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खाका वडा सदस्य नारायणप्रसाद श्रेष्ठको निधन भएको छ । १ वर्षदेखि जन्डिसले बिरामी परेर थलिएका ६७ वर्षीय वडा सदस्य श्रेष्ठको बयोधा अस्पताल काठमाडौंमा उपचारका क्रममा मंगलबार निधन भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

 

२२ कात्तिक २०१० मा याम्खा मोहरियामा जन्मिएका श्रेष्ठ २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्य श्रेष्ठको पित्तथैलीमा स्टोन पनि भएको थियो । तर जन्डिसको कारण स्टोनको अप्रेसन गर्ने अवस्था नहुँदा उनको उपचारमा समस्या भइरहेको थियो । 

 

श्रेष्ठ निजामती सेवाबाट अवकाश पाएपछि राजनीतिमा लागेका थिए । मृतक श्रेष्ठका श्रीमतीसहित २ छोरा र २ छोरी छन् ।