close

२०० वर्ष पुरानो दिगु भैरव परिसर पुनर्निर्माण 

२०० वर्ष पुरानो दिगु भैरव परिसर पुनर्निर्माण 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले दिगु भैरव परिसरको पुनर्निर्माण गरेको छ । करिब २ सय वर्ष पुरानो दिगु भैरव जीर्ण हुँदै गएपछि संरक्षणका नगरपालिकाले पुनर्निर्माण गरेको हो । 

 

नगरपालिकाले आगामी जेठ मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । नगरपालिकाका अनुसार परिसर पुनर्निर्माणका लागि पालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । 

 

उपभोक्ता समिति गठन गरी परिसरको पुनर्निर्माण थालनी गरेको हो । नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार परिसर दाची अपा, सुकी र चुन प्रयोग गरी निर्माण हुनेछ ।

 

यसका लागि अनुभवी व्यक्तिलाई जिम्मेवारी दिइएको छ । नगरपालिकाको वडा नम्बर ५ मा रहेको दिगु भैरव परिसर पुरानै शैलीमा पुनर्निर्माण गरिन लागेको हो ।

 

स्थानीय तुइलाल श्रेष्ठका अनुसार २०७२ को भूकम्पले परिसर वरपरका संरचनामा क्षति पुगे पनि लामो समयसम्म पुनर्निर्माण हुन सकेको थिएन । 

 

‘बाजेको पालामा परिसर निर्माण भएको थियो । त्यही परिसरमा खेलेर अहिले ७० वर्ष कटेँ,’ उनले भने, ‘भूकम्पले क्षति हुँदा नरमाइलो लागेको थियो । अब पहिलेको शैलीमा बन्ने भएकामा खुसी छु ।’