close

पश्चिम नवलपरासीमा के भएर मरे प्रकृतिका कुचिकार ?

पश्चिम नवलपरासीमा के भएर मरे प्रकृतिका कुचिकार ?

Trulli
ADVERTISEMENT

नवलपरासी–पश्चिम नवलपरासीमा सय हाराहारी गिद्ध मरेका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ४ जितपुरमा गिद्ध मरेको अवस्थामा फेला परेका हुन् ।

 

स्थानीय सुरेश यादवका अनुसार मंगलबार विष खुवाएर मारेको कुकुरको सिनो खाएका कारण गिद्ध एकैसाथ मरेका हुन् । पाल्ही बहुमुखी क्याम्पस पछाडिको चौरमा गिद्ध मरेको अवस्थामा भेटिएका छन् । जटायु रेस्टुरेन्ट पिठौलीका व्यवस्थापन समिति संयोजक डिबी चौधरीका अनुसार डंगुर गिद्ध र हिमाली गिद्ध मरेको पाइएको हो ।

 

गिद्ध कसरी मरे भन्ने विषय बुझ्न घटना स्थलतर्फ गएकाले त्यहाँ पुगेपछि थप अनुसन्धान गरेर मात्र विस्तृत विवरण दिन सकिने उनले बताए । प्रकृतिको कुचिकार मानिने गिद्धको संरक्षणमा लागेका संरक्षणकर्मीलाई यो घटनाले झस्काएको छ ।

 

गिद्ध अर्थात् जटायु विशाक्त आहारका कारण घटेको भन्दै संरक्षणका लागि नवलपरासीको कावासोती, रूपन्देही, दाङलगायत क्षेत्रमा अहिले जटायु रेस्टुरेन्ट खोलेर विशाक्त प्रयोग नभएका पशु चौपायाको निधनपछि गिद्धलाई आहारको रूपमा खुवाउने गरिएको छ ।