close

किमुचौर–धनवाङ ११ केभी प्रसारण लाइन उद्घाटन

किमुचौर–धनवाङ ११ केभी प्रसारण लाइन उद्घाटन

Trulli
ADVERTISEMENT

सल्यान– सल्यानको कपुरकोट गाउँपालिकास्थित वडा नम्बर ४ को केन्द्रमा पहिलो पटक बिजुली बलेको छ । 

 

४ नम्बर वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुुर सेनले ११ केभी विद्युत् लाइनको उद्घाटन गरे ।

 

कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । विद्युत् सुविधापछि अब गाउँठाउँका बस्तीले अँध्यारोबाट मुक्ति पाएको उनले सुनाए । 

 

वडा नम्बर ४ को गाँडापानीसम्म बिजुली पुर्‍याउन मुख्य लाइनका लागि पोल गाड्ने तथा तार तान्ने काम सम्पन्न भइसकेको छ । अब ४ नम्बर वडाका बस्तीमा शाखा लाइन विस्तार गर्न बाँकी छ । 

 

वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुनको अध्यक्षतामा भएको विद्युत् लाइन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढामगर, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतले मन्तव्य राखेका थिए ।