close

जलाभिषेक गरियो राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति

जलाभिषेक गरियो राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति

Trulli
ADVERTISEMENT

चितवन(माडी)- काठमाडौंको बालुवाटारबाट सुरु भएको सीताराम शोभा रथयात्रालाई माडीको वनकट्टामा स्वागतसहित मूर्तिहरूलाई जलाभिषेक गरिएको छ । 

 

माडी नगरपालिका वडा नम्बर १ गोद्धकधामअन्तर्गतको पर्शुराम कुण्डबाट पञ्चकुमारीमार्फत ल्याइएको पवित्र जलले राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई जलाभिषेक गरिएको हो ।

 

त्रेता र द्वापर युगीन धार्मिक सम्पदाका रूपमा चर्चित रहेको गोद्धक क्षेत्रस्थित पर्शुराम कुण्डबाट ल्याइएको जलबाट जलाभिषेक गरिएसँगै रामायण र महाभारत दुवैको संगम भएको वडा नम्बर १ का वडाध्यक्ष कृष्ण पौडेलले बताए ।

 

बुधबार बिहान ८ः३० मा देवघाटबाट दोस्रो दिनको यात्रा थालेको रथयात्रा दिउँसो करिब १ बजे वनकट्टा आइपुगेको थियो । रथ यात्रामा सम्मिलित सबैलाई स्वागत गरिएको थियो ।

 

प्रधानमन्त्री केपी ओलीबाट बालुवाटारमा विशेष पूजा गरी पठाइएका मूर्ति माडीको प्रस्तावित अयोध्याधाममाा स्थापना गरिन लागेको हो ।यसअिघ मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको थियो । मंगलबार साँझ देवघाट आइपुगेको शोभायात्रा बुधबार बिहान ८ः३० बजे माडीका लागि प्रस्थान गरेको हो ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसहितको उपस्थितिमा स्वस्तिवाचनसहित शोभायात्रालाई बिदाइ गरिएको हो ।