close

स्वास्थ्यमा जगन्नाथको फड्को, एकडारामा रोजगारको निम्तो (भिडियो खबर)

स्वास्थ्यमा जगन्नाथको फड्को, एकडारामा रोजगारको निम्तो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कोरोना संक्रमित बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा लकडाउन, १५ वैशाख मध्यरातीसम्म लकडाउन कायम रहने ।

 

२) बाजुराको  जगन्नाथ  गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा, सबै बालबालिकाले लगाए खोप ।

 

३) देशभरका पालिकामा व्यक्तिगत घटना दर्ता विशेष अभियान सञ्चालन, वडा वा पायक पर्ने शिविरमा गएर व्यक्तिगत घटना दर्ता गराउनुपर्ने ।

 

४) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका कोरोना पोजेटिभ देखिएकालाई  अस्पताल जानुपरे निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, नगरबासीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पालिकाको आह्वान ।

 

५) कास्कीको अन्नपूर्ण गाउँपालिकाद्वारा उपाध्यक्षसँग सुत्केरी कार्यक्रम सञ्चालन, घरघरमा पुगेर सुत्केरी महिलालाई कुखुरा र कम्बल वितरण गर्न सुरु ।

 

६) ललितपुर महानगरपालिकाले महानगरभित्र निःशुल्क बाँड्न थाल्यो मास्क,  मास्क बाँड्न नगर प्रहरी परिचालन ।

 

७) तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का अग्निपीडित सन्तबहादुर भुजेलको परिवारलाई पालिकाद्वारा खाद्यान्नका साथै २५ हजार रुपैयाँ प्रदान, राहत पाउँदा  अग्निपीडित परिवार दंग ।

 

८) विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि धनकुटा नगरभरिका विद्यालय बन्द, वैकल्पिक सिकाइ विधिको उपयोग गरी शैक्षिक गतिविधि संचालन गरिने ।

९) सप्तरीको कञ्चनरूप नगरपालिकाले दुई थान एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्यायो, नगरबासीलाई अस्पतालसम्म पुग्न सहज हुने ।


१०) कोरोनाविरुद्धको  दोस्रो चरणको खोप अभियान देशभरका पालिकामा सुरु, पहिलो मात्रा लिएकाहरूले खोप केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउनुपर्ने 


११) वडाविरुद्ध जिल्ला र विशेष अदालतमा मुद्दा दायर गरेका वादी पक्षलाई कीर्तिपुर नगरपालिका वडा–२ ले सेवा–सुविधा गरिदियो रोक्का, बाटोको विषयमा विवाद ।

 

१२) कोरोना भाइरस संक्रमित बढ्दै गएपछि बागलुङ नगरपालिकाका १२, १३ र १४ वडामा वैशाख १७ गतेसम्म निषेधाज्ञा जारी, उच्च सतर्कता अपनाउन नगरबासीलाई पालिकाको आग्रह ।

 

१३) मोरङको सुन्दरहरैचा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप फुटबल प्रतियोगिता जारी, १४ वैशाख हुने फाइनल खेलको विजेता टिमले ३ लाख रुपैयाँ पाउने ।

 

१४) रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडा सचिवविहीन, वडादेखि गाउँपालिकाको कामकाज प्रभावित ।

 

१५) एक जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि पर्वतको कुस्मा नगरपालिकाको कामकाज बन्द, कार्यालय १६ वैशाखदेखि खुल्ने ।

 

१६) उदयपुरको रौतामाई गाउँपालिकाको समन्वयमा हिंसा न्यूनीकरणका लागि ४० जना किशोरकिशोरीलाई आत्मरक्षा तालिम, तालिम १० वैशाखमा सकिने ।

 

१७) समुदायस्तरमा कोरोना फैलिएपछि स्याङ्जाको चापाकोट नगरपालिकाको सेवा बन्द, भारतको हरिद्वारमा लागेको कुम्भमेलामा गएर फर्किएकामध्ये पाँच जनामा कोरोना पुष्टि ।

 

१८) प्रशासनिक काम ठप्प बनाएर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मुस्ताङ घुमघाममा  व्यस्त, सेवाग्राही मारमा ।


१९) कोरोना संक्रमित बढेपछि प्युठानको स्वर्गद्वारी नगरपालिकाद्वारा व्यापारिक क्षेत्र र वित्तीय संस्था एक साता र विद्यालय अनिश्चितकालका लागि बन्द, स्वास्थ्य सतर्कता अपानाउन पालिकाबासीलाई नगरको आग्रह ।

 

२०) र, महोत्तरीको एकडारा गाउँपालिकाले एकजना रोजगार संयोजक करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।