close

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेटिए ओखलढुंगाका ७५ विद्यालय 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समेटिए ओखलढुंगाका ७५ विद्यालय 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाका ७५ वटा सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू गरिने भएको छ । त्यसका लागि सबै तहबाट विद्यालय छनोटको काम सकिएको छ । 

 

जिल्लाबाट ८ स्थानीय तहका ७५ विद्यालय छनोट भएका हुन् । त्यसअन्तर्गत विभिन्न ६ किसिमका कार्यक्रम तयार गरिएको छ । १८ लाख रुपैयाँ बराबरको कक्षाकोठा निर्माणका लागि १२ वटा विद्यालय, ७ लाख बराबरको खानेपानी र शौचालय निमार्णका लागि २ वटा विद्यालय छानिएका छन् ।

 

त्यस्तै, ६ लाख ५० हजार रुपैयाँ बराबरको कम्प्युटर ल्याबका लागि १० र पुस्तकालय तथा प्रयोगशाला निर्माणका ७ विद्यालय छनोटमा परेका शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाका प्रमुख भीमप्रसाद मिश्रले बताए । 

 

शैक्षिक सुधारका लागि विद्यालयले दिएको आवेदन स्थानीय तहले प्रमाणित गरेर शिक्षा विकास तथा समन्वय इकाइमार्फत संघीय सरकारलाई पठाइएको थियो ।


आवेदन पेस गरेका जिल्लाका ८ वटै स्थानीय तहका ८० विद्यालयमध्ये ७५ वटा विद्यालय छनोटमा परेका हुन् । 

 

छनोटमा भएका विद्यालयमध्ये सबैभन्दा बढी लिखु गाउँपालिकाका १४ वटा र सबैभन्दा कम मानेभज्याङ गाउँपालिकाका ३ वटा छन् । चम्पादेवी, सुनकोसी र मोलुङका ११–११, खिजीदेम्बाका १०, चिसंखुगढीका ७ र सिद्धिचरण नगरपालिकाका ८ वटा विद्यालय छनोट छन् ।

 

त्यस्तै, शिक्षामा नवीन प्रवद्र्धनतर्फ २४, सिकाइ सामग्रीतर्फ १८ वटा विद्यालय छनोटमा परेका छन् । छनोटमा परेका विद्यालयमा चालू आर्थिक वर्षभित्रै कार्यक्रम सम्पन्न गर्ने गरी सम्बन्धित पालिकामा बजेट निकासा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाले जनाएको छ । यस्ता कार्यक्रमले शैक्षिक सुधार तथा पूर्वाधार व्यवस्थापनमा योगदान गर्ने अभिभावकको विश्वास छ ।