close

महिना दिनभित्रै भक्तपुर नगरपालिकामा मेलम्चीको पानी 

महिना दिनभित्रै भक्तपुर नगरपालिकामा मेलम्चीको पानी 

Trulli
ADVERTISEMENT

भक्तपुर- मेलम्चीको पानी १ महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको नेतृत्वमा भक्तपुर नगरपालिका खानेपानी समितिको पदाधिकारी बैठकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यसँग गरेको भेटमा उक्त सहमति जुटेको हो ।

 

मेलम्चीको पानी हाल बोडेको खानेपानी ट्यांकीमार्फत वितरण गर्न सकिने विषयमा छलफल भएको हो ।

 

सोही क्रममा नगर प्रमुख प्रजापतिले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको बैठकबाट मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा पठाउने सहमति भएको बताए । उनले भक्तपुरमा खानेपानीको निकै हाहाकार भइरहेको अवस्थामा स्थानीयले मेलम्चीको पानी छिट्टै नगरपालिकामा आउने आशा व्यक्त गरे । 

 

भक्तपुरको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले नगरभरिका वडामा ट्यांकरमार्फत खानेपानी वितरण गर्र्दै आइरहेको जानकारी दिए ।

 

केयूकेलका प्रमुख शाक्यले मध्यपुर थिमीमा मेलम्चीको पानी स्थानीयलाई वितरण सुरु भइसके पनि भक्तपुरको सन्दर्भमा केही समय लाग्ने बताए । केयूकेएलले पानीको अभाव भएका ठाउँलाई प्राथमिकतामा राखेर मेलम्चीको पानी वितरणमा जोड दिँदै आएको उनको भनाइ छ ।

 

मेलम्चीको पानी आएसँगै भक्तपुर नगरमा हुँदै आएको हाहाकारबाट नागरिकले मुक्ति पाउनेछन् ।