close

वाणगंगामा १२५ मेगावाटको सौर्य ऊर्जा परियोजना

वाणगंगामा १२५ मेगावाटको सौर्य ऊर्जा परियोजना

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ खारखानीमा १२५ मेगावाटको सोलार प्लान्ट जडान हुने भएको छ । देशकै गौरवको परियोजनाको बिहीबार सम्झौता भएको हो ।

 

वाणगंगा नगरपालिका र चिनियाँ कम्पनी राइजेन इनर्जीबीच परियोजना निर्माणको सम्झौता भएको छ । परियोजनाको अनुमानित लागत १८ करोड ९५ लाख  डलर रहेको छ । वाणगंगाका नगरप्रमुख मंगलप्रसाद थारु र निर्माण कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ क्वियाङले हस्ताक्षर गरे ।


परियोजनाअन्र्तगत २० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट र १ सय २५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गरिनेछ ।

 

उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताइएको छ । सोलार प्लान्टको लगानी निर्माण कम्पनीले नै गर्नेछ । परियोजना सञ्चालनमा आएको ३० वर्षपछि स्थानीय सरकारलाई हस्तान्तरण हुनेछ । 

 

निर्माण गर्ने कम्पनीले वडाको विकासमा सघाउने प्रतिबद्धता जनाएको वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरिले बताए । प्लान्ट स्थापना प्रगति सामुदायिक वन क्षेत्रको १३० हेक्टरमा गरिनेछ ।

 

जग्गा प्रयोग गरेबापत कम्पनीले लिजस्वरूप सामुदायिक वनलाई रकम तिर्नेछ । 

 

स्टोरेज गरेको २० मेगावाट विद्युत् औद्योगिक तथा स्थानीय प्रयोजनमा खपत गर्न सकिनेछ । परियोजना बनेपछि नगरपालिका लोडसेडिङमुक्त हुनेछ ।

 

३ वर्षभित्र प्लान्ट स्थापना गरी उत्पादन सुरु हुने सम्झौतामा उल्लेख छ । सम्झौता भएपछि प्राविधिक टोली आएर सर्भेको काम अगाडि बढाउनेछ । १ महिनाभित्र प्लान्ट स्थल सरसफाइ गरी शिलान्यास हुनेछ । 


परियोजना अध्ययनका लागि गत माघमा समझदारी भएको थियो । परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र राइजेन इनर्जीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

२०७७ असारमा लगानी बोर्डको ४४औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययन अनुमति दिने निर्णय गरेको थियो । सन् १९८६ मा स्थापना भएको राइजेन इनर्जीले सौर्य ऊर्जा परियोजना निर्माण गर्दै आएको छ ।