close

फागुनभित्रै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा, राष्ट्रियसभामा बादलकाे उमेदवारी

फागुनभित्रै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा, राष्ट्रियसभामा बादलकाे उमेदवारी

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आगामी फागुन महिनाभित्रैमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । 


नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा नेताहरुलाई आगामी फागुनभित्रै चुनाव हुने भन्दै उनले तयारीमा जुट्न निर्देशन दिएका छन् । 


स्थायी कमिटीको गठन र कर्णालीमा पार्टी ह्वीप विपरित नेकपा माओबादी केनद्रका मुख्यमन्त्रीलाई मत दिने आफ्ना चार प्रदेश सांसदलाई कारवाही गर्न बसेको बैठकमा ओलीले निर्वाचनबारे मुख खोलेका हुन् । 

 

संघीय प्रतिनिधिसभा विघटन गरी निर्वाचन जाने निर्णय गरेका ओलीले स्थानीय तहको निर्वाचनको मितिबारे मुख खोलेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिएपछि ओलीले स्थानीय तहको तयारीमा लाग्न भनेका हुन् । 

 

यसैवीच, एमालेले राष्ट्रियसभामा रिक्त पदमा हुन लागेको निर्वाचनमा एमाले नेता राम बहादुर थापा (बादल)लाई उमेदवार बनाउने निर्णय गरेको छ । आज बसेको महाधिवेशन आयोजक समिति बैठकबाट यस्तो निर्णय भएको हो ।