close

ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई मुद्दती खाता’ योजना

ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई मुद्दती खाता’ योजना

Trulli
ADVERTISEMENT

काठमाडौं - ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । 


‘मेरी उनीलाई’ मुद्दति योजनाले महिलाका नाममा बचत गर्न, बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा सबल बनाउन सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ । 


१ लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दती योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि खोल्न सकिने बैंकले जनाएको छ ।


बैंकले यो खातासँगै निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाखभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । 


योजनाअन्तर्गत मुद्दती खाता खोल्ने ग्राहकले होम लोनको प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट पाउनेछ भने निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरे ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइने बैंकले बताएको छ ।