close

गाउँगाउँमा कोरोनाको मर्का,सहरमा मेलम्चीको चर्चा (भिडियो खबर)

गाउँगाउँमा कोरोनाको मर्का,सहरमा मेलम्चीको चर्चा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कोरोना संक्रमित बढेपछि सिन्धुलीको दुधौली नगरपालिकाका-१, २ र ४ नम्बर वडामा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द, उच्च सतर्कता अपनाउन नगरबासीलाई पालिकाको आग्रह ।

 

२) कपिलवस्तुको वाणगंगा नगरपालिकाले १ सय २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गृह निर्माणका लागि चिनियाँ ऊर्जा कम्पनी राइजिङ इनर्जीसँग गर्‍यो सम्झौता, वडा नम्बर ७ को खारखानीमा उत्पादनगृह स्थापना गरिने ।

 

३) समुदाय स्तरमा कोरोना फैलिएपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको सेवा बन्द, नगरपालिकाका कर्मचारीमा पनि कोरोना पुष्टि ।

 

४) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची प्रथमिक स्वास्थ्य केन्द्रमा दुई दिने दन्तशिविर सम्पन्न, पालिकाबासीले पाए स्वास्थ्योपचार ।

 

५) किशोरीलाई बलात्कार गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव प्रहरी नियन्त्रणमा, जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु ।

 

६) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले विभिन्न संस्थाको साझेदारीमा नगरबासीलाई दियो कौसी खेती तालिम, ११ वैशाखमा सकिने तालिममा पालिकाबासीको सहभागिता ।

 

७) सर्लाहीको बागमती नगरपालिकाद्वारा डेढ करोड रुपैयाँ लागतमा अन्न भण्डार गर्न  भवन निर्माण सुरु, किसानले उत्पादन गरेका अन्न भण्डारण गर्न सकिने ।

 

८) बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा भयावह बन्दै कोरोना संक्रमण, संक्रमित बिरामीका लागि शय्या अभाव, उपमहानगर क्षेत्रमा लकडाउन ।

 

९) मोरङको सुन्दरहरैचा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप फुटबल प्रतियोगिता जारी, १४ वैशाखमा हुने फाइनल खेलको विजेता टिमले ३ लाख रुपैयाँ पाउने ।


१०) उदयपुरको रौतामाई गाउँपालिकाको समन्वयमा हिंसा न्यूनीकरणका लागि किशोर–-किशोरीलाई आत्मरक्षा तालिम सम्पन्न, तालिममा ४० जनाको सहभागिता ।


११) देशभरका पालिकामा व्यक्तिगत घटना दर्ता विशेष अभियान सञ्चालन, वडा वा पायक पर्ने शिविरमा गएर व्यक्तिगत घटना दर्ता गराउनुपर्ने ।


१२) काठमाडौंको स्वयम्भू स्तुप परिसरका १७ वटा घर एकीकरण गरेर पुनर्निर्माण सम्पन्न, काठमाडौं महानगरले १३ वैशाखमा घरधनीलाई घर हस्तान्तरण गर्ने ।

 

१३) काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेलम्चीको पानी वितरण गर्न सुरु, ३० दिनभित्र भक्तपुर नगरपालिकामा पनि मेलम्चीको पानी पुर्‍याइँदै ।


१४) तनहुँको शुक्लागण्डकी नगरपालिका-८ को सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गर्न सुरु, किसानको उत्पादन भण्डारण गर्न सहज हुने ।

 

१५) रामेछापको  लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई जबर्जस्ती चन्दा असुलीका लागि ज्यान मार्ने धम्की दिएको अभियोगमा उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहरालाई काठमाडौं जिल्ला अदालतद्वारा जरिमाना र कैद सजायको फैसला, जनप्रतिनिधिबीच विवाद बढेपछि पालिकाको विकास निर्माण ठप्प ।

 

१६) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका कोरोना पोजेटिभ देखिएकालाई अस्पताल जानुपरे निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने, नगरबासीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पालिकाको आह्वान ।

 

१७) कोरोना संक्रमित बढेपछि प्युठानको स्वर्गद्वारी नगरपालिकाद्वारा व्यापारिक, वित्तीय संस्था एक साता र विद्यालय अनिश्चितकालका लागि बन्द, स्वास्थ्य सतर्कता अपनाउन पालिकाबासीलाई नगरको आग्रह ।

 

१८) २ वैशाखमा  परेको असिना पानीबाट धनकुटाको छथर जोरपाटी गाउँपालिकामा ४८ करोड बराबरको तरकारी, फलफूल तथा नगदेबाली नष्ट, पालिकाले सार्वजनिक गर्‍यो क्षतिको विवरण ।

 

१९) गैरआवासीय नेपाली संघले गोरखाको धार्चे गाउँपालिका-४ लाप्राकमा निर्माण गरेको बस्ती गाउँपालिकालाई हस्तान्तरण, घर पाउँदा लाप्राकबासी दंग ।

 

२०) खुलामञ्चमा रहेको बसपार्क १५ वैशाखभित्र हटाउने काठमाडौं महानगरपालिकाको निर्णय ।