close

रूपन्देहीका २ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

रूपन्देहीका २ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीका २ वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत परिर्वतन भएका छन् । बुटवल उपमहानगरपालिका र शुद्धोधन गाउँपालिकामा नयाँ अधिकृत आएका छन् । 

 

बुटवल उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले पदभार ग्रहण गरेका छन् । यसअघिका चक्रपाणि शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् । 

 

प्रमुख प्रशासकीय अधिकृत रेग्मी केही महिना पहिले लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । उनको पनि त्यहाँबाट बढुवा भएको थियो ।

 

त्यस्तै, शुद्धोधन गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र चौधरीको बढुवा भएपछि विपिन क्षेत्री नयाँ प्रमुख प्रशासकीय अधिकृत भएका छन् । उनी लुम्बिनी प्रादेशिक अस्पतालमा शाखा अधिकृतका रूपमा कार्यरत थिए ।

 

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाइ समिति बुटवल उपमहानगरपालिकाको आयोजनामा सरुवा भई आउने र जानेलाई स्वागत एवं बिदाइ कार्यक्रम गरियो ।

 

कार्यक्रममा नगरप्रमुख शिवराज सुवेदीले बुटवलको बृहत्तर विकासका लागि कर्मचारीको योगदान र कार्यको प्रशंसा गरे । 

 

एसोसिएसनका निवर्तमान अध्यक्ष ठगिश्वर पोखरेल, वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल र नयाँ प्रमुख प्रशासकीय अधिकृत रेग्मीलगायतले बोलेका थिए ।