close

१३२ विद्यार्थीमा परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि

१३२ विद्यार्थीमा परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिकाले अरनिको माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना परीक्षण गरेको छ । नगरपालिकाका अनुसार १३२ जनामा गरिएको परीक्षणमा ४ जना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित विद्यार्थीलाई सुरक्षित रूपमा आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ ।

 

विद्यार्थीमा कोरोना संक्रमण भएपछि नगरभित्रका सबै शैक्षिक संस्था बन्द गरिएको छ । संघीय सरकारले कोरोना संक्रमण रोकथामको जिम्मेवारी स्थानीय सरकारलाई दिएपछि नगरपालिकाले विद्यालयमा कोरोना परीक्षण गराएको उपप्रमुख जुना बस्नेतले बताइन् ।  उनका अनुसार कोरोना रोकथामका लागि नगरले खोपसँगै जनचेतनामूलक कार्य गर्दै आएको छ । 

 

नगर स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंका अनुसार नगरभित्रका सबै विद्यालयका विद्यार्थीको कोरोना परीक्षण गर्ने योजना छ । त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्दै आएको उनले जानकारी दिए ।

 

परीक्षणका लागि विद्यार्थी संख्या धेरै भएका शैक्षिक संस्थालाई प्राथमिकतामा राखिएको र क्रमशः अन्य शैक्षिक संस्थामा पनि परीक्षण गरिनेछ ।