close

छात्रावास निर्माणमा जुट्यो अन्नपूर्ण 

छात्रावास निर्माणमा जुट्यो अन्नपूर्ण 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाको ज्ञानप्रकाश माविमा छात्रावास भवन निर्माण सुरु भएको छ । 

 

नमुना विद्यालय कार्यक्रममा छनोट भएको ज्ञानप्रकाशको छात्रावास भवनको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरसिंहबहादुर पुर्जाले शनिबार शिलन्यास गरे । 

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्नपूर्ण गाउँपालिकामार्फत योजना कार्यान्वयन गरेको हो । 

 

१६ वटा कोठा रहने भवन निर्माणका लागि उत्तरगंगा निर्माण सेवाले १ करोड १ लाख रुपैयाँमा ठेक्का लिएको छ ।

 

छात्रावास भवन निर्माणका लागि पूर्वशिक्षकसमेत रहेका वडाध्यक्ष पुर्जाले ३.५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

 

विद्यालयमा पूर्वाधार विस्तारका लागि पहिलो चरणमा आवश्यकताका आधारमा छात्रावास भवन निर्माण गर्न लागिएको प्रअ शान्तबहादुर नेपालीले बताए । 

 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेल, इञ्जिनियर ईश्वरबहादुर भण्डारी, शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदी, विभिन्न राजनीतिक दलका प्रतिनिधि उपस्थित थिए ।