close

थिमिको वामुने गणेश मन्दिर शिलान्यास

थिमिको वामुने गणेश मन्दिर शिलान्यास

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले वामुने गणेश मन्दिरको पुनर्निर्माणका लागि शिलान्यास गरेको छ । नगरपालिकाले मन्दिर जीर्ण हुँदै गएपछि पुनर्निर्माण गर्न लागेको हो ।

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र उपप्रमुख अन्जनादेवी मधिकर्मीको उपस्थितिमा मन्दिर शिलान्यास भएको छ । पालिकाको वडा नम्बर ४ मा रहेको मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गर्न लागिएको छ ।

 

‘सम्पदा संरक्षण अभियान लिएको पालिकाले मन्दिर जीर्णाेद्धार गराएकाले मन्दिर पुनर्निर्माण गर्न लागेको हो । सुकी, चुना, दाची अपा र झिँगटीको प्रयोग गरी मौलिक शैलीमा मन्दिरको पुनर्निर्माण गरिनेछ’, नगरप्रमुख श्रेष्ठले भने ।

 

उपभोक्ता समिति गठन गरी मन्दिरको पुनर्निर्माण गर्न लागेको छ । मन्दिर पुनर्निर्माणका लागि पालिकाले २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

पुनर्निर्माण आगामी नयाँ आथिक वर्षमा सम्पन्न हुने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष जीवन श्रेष्ठले बताए । पुनर्निर्माणका लागि आवश्यक तयारी भइसकेको उनको भनाइ छ ।