close

रूपन्देहीका विद्यालय बन्द, यातायातमा जोरबिजोर

रूपन्देहीका विद्यालय बन्द, यातायातमा जोरबिजोर

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले सम्पूर्ण विद्यालय पू्र्ण रूपले बन्द तथा यातायात क्षेत्रमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । 


बैठकले कोभिड-१९ महामारीलाई ध्यानमा राख्दै प्रत्येक पालिकामा एउटा डेडिकेटेड एम्बुलेन्स तम्तयारी राख्ने निर्णयसमेत गरेको छ । 

 

पछिल्लो समय महामारीका रूपमा फैलिइरहेको नयाँ भेरिएन्टको कोरोना खतरनाक र संक्रमण दर पनि उच्च रहेको भन्दै बैठकले जनस्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपले पालना गर्न आग्रह गरेको छ । यसका लागि जनचेतनामूलक कार्यक्रम स्थानीय स्तरसम्म पु¥याई प्रचार-प्रसार गर्ने निर्णय गरिएको छ ।

 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले १३ वैशाखदेखि लागू हुने गरी विद्यालय बन्द गरी शिक्षण सिकाइका लागि वैकल्पिक पद्धति लागू गर्ने, निजी तथा भाडाका सबै सवारी साधनमा जोरबिजोर सञ्चालन प्रणाली लागू गर्ने र मानिसलाई घरबाहिर ननिस्कन एवं स्वास्थ्य सतर्कता अपनाउन प्रचार-प्रसार गर्ने निर्णय गरेको छ । 

 

बैठकले सबै पालिका स्तरमा सामुदायिक आइसोलेसन र होम आइसोलेसनको क्षमता विस्तार गरी पूर्वतयारी अवस्थामा राख्ने, कोरोना संक्रमित बिरामी ओसारपसारका लागि सबै स्थानीय तहमा कम्तीमा एउटा डेडिकेटेड एम्बुलेन्स तयारी अवस्थामा राख्नेलगायत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । 

 

बैठकले जिल्लामा सञ्चालित सम्पूर्ण हाटबजार अर्को निर्णय नहुन्जेल बन्द गर्ने निर्णय गरेको छ । रूपन्देहीमा कोरोना संक्रमितको दर बढेको भएको छ ।