close

सरकारकाे निर्णय उल्लंघन गर्दै फुङ्लिङ

सरकार भन्छ परीक्षा राेक, नगरपालिका भन्छ सबै विद्यालयले परीक्षा लिनू

सरकारकाे निर्णय उल्लंघन गर्दै फुङ्लिङ

सरकार भन्छ परीक्षा राेक, नगरपालिका भन्छ सबै विद्यालयले परीक्षा लिनू

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- कोभिड-१९ सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) ले देशभरका विद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेका बेला ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले भने १७ वैशाखबाट नगर क्षेत्रका सबै विद्यालयमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

फुङ्लिङ नगर कार्यपालिकाले सूचना जारी गरी नगर क्षेत्रभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयबाट २०७७ को शैक्षिक सत्र अन्त्यमा हुने परीक्षा १७ वैशाखको बिहान साढे १० बजेबाट हुने बताएको हो ।

 

नगरपालिकाले १३ बाट १६ वैशाखसम्म अध्ययन बिदा दिने र १७ वैशाखबाट कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चाालन गर्ने निर्णय लिएको फुङ्लिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

 

नगरपालिकाले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरी परीक्षा सञ्चालन गर्नसमेत भनेको छ । सीसीएमसीको आइतबारको बैठकले भने भौतिक रूपमा उपस्थित भई सञ्चालन हुने पूर्वनिर्धारित सबै परीक्षा अर्को निर्णय नहुन्जेलसम्म स्थगित गर्ने निर्णय गरेको थियो ।

 

सीसीएमसीले भौतिक रूपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट भइरहेको पठपाठन भने जारी राख्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले सूचना प्रेषित गरेका थिए ।

 

सीसीएमसीको निर्णयविपरीत फुङ्लिङ नगरपालिकाले भौतिक रूपमा उपस्थित भई हुने वार्षिक परीक्षा १७ वैशाखबाट सञ्चालन गर्ने निर्णय लिएको छ ।