close

तिलोत्तमाको ५ नम्बर वडा भवन उद्घाटन 

तिलोत्तमाको ५ नम्बर वडा भवन उद्घाटन 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा वडा नम्बर ५ को नवनिर्मित भवन आइतबार उद्घाटन गरिएको छ । राष्ट्रिय सभाका सदस्य तथा एमाले नेता गोपाल भट्टराईले उक्त भवन उद्घाटन गरे ।

 

अपांगता तथा बालमैत्री संरचनामा बनाइएको आधुनिक भवनमा ६ वटा कोठा छन् । करिब कुल ८० लाख २९ रुपैयाँको लागतमा निर्माण गरिएको भवनको शिलान्यास भने पूर्वकृषिमन्त्री घनश्याम भुसालले गरेका थिए । 

 

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य भट्टराईले तिलोत्तमा नगरपालिकाले सबै वडा कार्यालय निर्माण गरेकामा धन्यवाद दिए । भवन निर्माणपछि वडा नम्बर ५ का स्थानीय र नगरबासीले लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।

 

तिलोत्तमाको वडा नम्बर ५ का वडाध्यक्ष चेतनारायण भण्डारीले भवन निर्माण चरणदेखि सम्पन्न हुँदासम्म सघाउने सबैलाई धन्यवाद दिए । पुरानो वडा कार्यालयबाट दिइने सेवा १२ वैशाखदेखि नयाँ भवनबाट सुरु गरिएको उनले बताए ।

 

कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरे, नगर उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडा सदस्य हरि पौडेल, सबै वडाका अध्यक्षलगायत सहभागी थिए ।