close

गौमूलमा वार्षिक परीक्षा सुरु, २४३२ जना परीक्षार्थी सहभागी 

गौमूलमा वार्षिक परीक्षा सुरु, २४३२ जना परीक्षार्थी सहभागी 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको गौमूल गाउँपालिकामा शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा सोमबारदेखि सुरु भएको छ । परीक्षा आउँदो २० वैशाखसम्म सञ्चालन गरिनेछ ।

 

पालिकाभरिका २२ वटै विद्यालयमा एकसाथ परीक्षा सञ्चालन भएको गौमूल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामनाथले बताए ।

 

गाउँपालिका स्तरीय आधारभूत तहको वार्षिक परीक्षा सञ्चालन गरिएको नाथको भनाइ छ । यस वर्षको शैक्षिक सत्र समापन भएसँगै गाउँपालिकाभरिका विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको हो ।

 

परीक्षामा कक्षा १ देखि ९ सम्मका छात्रछात्रा गरी जम्मा २ हजार ४ सय ३२ जना परीक्षार्थी सामेल भएका छन् । परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा सम्बन्धित वडाका वडाध्यक्ष एवं शिक्षा शाखाका कर्मचारीले नियमित अनुगमन गरिरहेका छन् ।

 

परीक्षाको परिवेक्षणका लागि गाउँपालिका कर्मचारी र वडाका प्राविधिकलाई प्रत्येक विद्यालयमा १-१ जना खटाइएको छ भने सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ ।

 

विगत वर्षमा चैत मसान्तमै वार्षिक परीक्षा सञ्चालन गरिने भए पनि कोरोना महामारीका कारण पछि धकेलिएको हो ।