close

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बिमा दाबी भुक्तानी

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बिमा दाबी भुक्तानी

Trulli
ADVERTISEMENT

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले कोभिड-१९ विरुद्घ अभिकर्ताको बिमा गराएको बताएको छ । सोहीअनुरूप मापदण्ड पुगेका ८ जना कोरोनापीडित अभिकर्तालाई कोरोना बिमाको दाबी भुक्तानी ५०,००० रुपैयाँ सिटी एक्सप्रेसले हस्तान्तरण गरेको हो ।

 

साई बाबा रेमिट चावहिलका हरिकुमार श्रेष्ठ, अनलाइन सब-रेमिट काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर झापाका आनन्द थापा, डेस्टिनेसन डेलिभरी सर्भिस कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर नवलपुरका गोपाल सिर्पालीलाई बिमा दाबीबापतको चेक हस्तान्तरण गरिएको छ ।

 

यस्तै, कलश मनी ट्रान्सफर सुनसरीका कुलबहादुर भारती, जिमिरेभर मनी नेटवर्क परासीका शेरबहादुर गुरुङ र हिरा इन्टप्राइजेज नवलपुरका कृष्ण गिरी गरी ८ जनालाई चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

 

हाल कम्पनीले आन्तरिक विप्रेषणअन्तर्गत देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।