close

निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन !

निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन !

Trulli
ADVERTISEMENT

काठमाडौं- देशको संघीय राजधानी काठमाडौं उपत्यकामा १६ देखि २२ वैशाखसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण भयावह हुँदै गएपछि गएपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमबार साँझ आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको हो ।

 

यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्नेहरूले अब अनिवार्य रूपमा क्वारेन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्नेछ । उपत्यकामा बढ्दो कोरोना संक्रमणको ग्राफलाई घटाउन कडाइ गर्नुको विकल्प नरहेको भन्दै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा घोषणा गरेको हो । निषेधाज्ञाका बेला अत्यावश्यकबाहेकका सेवा अवरुद्ध हुनेछन् ।

 

सोमबार मात्रै देशभर ३५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै १९ सय १२ जना कोरोना संक्रमित भेटिए । नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण र उपचारका लागि सरकारलाई स्वास्थ्य संकटकाल घोषणा गर्दै लकडाउन गर्न १८ बुँदे सुझाव दियो ।

 

कोरोना संक्रमण अत्यधिक बढ्दा पनि उपत्यकाबासी सचेत देखिएनन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्नमा हेल्चेक्र्याइँ गरेपछि अन्ततः सरकार कोरोना नियन्त्रण गर्न भीडभाड नियन्त्रण गर्नुपर्ने र त्यसका लागी निषेधाज्ञा नै विकल्प भएको निष्कर्षमा पुग्यो । सोमबार उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित भेला १ साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरे काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

 

निषेधज्ञामा के गर्न पाइन्छ ? 


-एम्बुलेन्स खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ बोक्ने साधन सञ्चालन गर्न पाइने ।


-बैंक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट सेवा सञ्चालन गर्ने निकाय चल्ने ।


-क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायतका साधन सञ्चालन गर्न पाइने ।


-सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्न बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म न्यूनतम २ मिटर भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिइने ।


-सरकारी कर्मचारी बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने ।


-सञ्चारकर्मी तथा पत्रकारले पनि सम्बन्धित संस्थाले जारी गरेको प्रेस पासका आधारमा आवतजावत गर्न सक्ने ।

 

निषेधज्ञामा के गर्न पाइँदैन ? 


-सबै प्रकारका सभा-सम्मेलन गोष्ठी, सेमिनार, सिनेमा हाल, सपिङ मल, पार्टी प्यालेस, फिटनेस सेन्टर, मनोरञ्जन स्थल, ब्युटिपार्लर 


-सार्वजनिक तथा निजी सवारी साधन बिहान ६ बजेदेखि राति १२ बजेसम्म उपत्यकाभित्र सञ्चालनमा रोक ।

 

सरकारले कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न समय लाग्ने भन्दै अझै निषेधाज्ञा थप गर्ने तयारी गरिरहेको छ ।