close

कोरोना जोखिम न्यूनीकरणमा जुट्यो रिब्दीकोट 

कोरोना जोखिम न्यूनीकरणमा जुट्यो रिब्दीकोट 

Trulli
ADVERTISEMENT

पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिकाले कोरोना संक्रमणको जोखिम कम गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न गाउँपालिकाले ५ बेडकोे अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याउने भएको हो ।

 

यस्तै, होम क्वारेन्टाइनलाई व्यवस्थित बनाउने, हेल्प डेस्क स्थापना, हार्थोक र बतासेलगायत बजार क्षेत्रमा मास्क, स्यानिटाइजरको सुरक्षित प्रयोग र कोरोनाबाट बच्ने उपायबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले बताएको छ ।

 

देराली र कुसुमखोल स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर स्थापना गर्ने, ¥यापिड रेस्पोन्स टिम गठन गर्ने, प्रत्येक वडामा पुगेर पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने, १४ दिने क्वारेन्टाइन बसाइलाई सुरक्षित गर्न नियमित अनुगमन गर्नेलगायतका निर्णय भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनील अधिकारीले जानकारी दिए । 

 

पालिकामा कोरोना संक्रमणलाई फैलिन नदिन छिमेकी भारतलगायत बाहिरी जिल्लाबाट आउनेको पिसिआर परीक्षणका लागि गाउँपालिकामा हेल्प डेस्क स्थापनासमेत गरिएको स्वास्थ्य शाखा संयोजक अधिकारीले बताए ।

 

गाउँपालिकाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सोमबार नै सूचना जारी गरी विद्यालय बन्दको घोषणा गरेको छ । गाउँपालिकाले कोरोनाविरुद्ध संयमित भएर मास्क, स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।