close

भक्तपुरमा सीएमसीको बैठक: कोरोना संक्रमितका लागि आइसोलेसन र एचडीयु तयारी अवस्थामा

भक्तपुरमा सीएमसीको बैठक: कोरोना संक्रमितका लागि आइसोलेसन र एचडीयु तयारी अवस्थामा

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकामा नगरपालिका स्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बसेको छ । नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा बसेको बैठकले कोेभिड-१९ संक्रमण न्यूनीकरणबारे छलफल गरिएको छ ।

 

बैठकमा नगरप्रमुख प्रजापतिले कोभिड-१९ संक्रमण न्यूनीकरण प्रयासका क्रममा नगरपालिकाका तर्फबाट सामान्य संक्रमितका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीको उपचार गर्न २५ बेडको एचडीयु तयारी अवस्थामा रहेको बताए ।

 

पालिकाले कोभिड-१९ को महामारी फैलिरहेको संवेदनशील अवस्थामा संक्रमण रोकथामका लागि नगरभित्र क्रियाशील राजनीतिक दल, विभिन्न संघ-संस्था, व्यावसायिक तथा सामाजिक संगठन, टिम/क्लब, पुस्तकालय, सहकारी तथा वित्तीय संस्थालगायत सरोकारवाला सबैमा जनचेतनामूलक गतिविधि गरी सहयोग गर्न आह्वान गरिएको छ । 

 

नगरभित्र रहेका सबै पार्टी प्यालेस, संग्रहालय, सिनेमा हल, प्रशिक्षण केन्द्र, जिमखाना, मनोरञ्जन स्थललगायत बन्द गर्ने र कुनै पनि किसिमको भीडभाड हुने भोजभतेर, चाडपर्व वा मेला नगर्न तथा विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्र र यस्ता कार्यमा १५ जना बढी नहुने सहभागिता नहुने गरी कार्य सम्पन्न गर्न सम्पूर्ण नगरबासीमा आग्रह गर्ने निर्णय उक्त बैठकले गरेको छ ।

 

कोभिड संक्रमणबाट जनतालाई सुरक्षित गर्न प्रत्येक नागरिक घरबाट बाहिर निस्कँदा माक्स लगाउन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न माइकिङलगायत सञ्चार माध्यममार्फत प्रचार गरिनेछ ।

 

नगरप्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रबाट कोभिड-१९ विरुद्धको भेरोसेल खोप १७,७०८ र कोभिसिल्ड दोस्रो डोज ७०१ जनाले लिइसकेका छन् ।