close

छथरमा सकियो भूमिहीन लगत संकलन 

छथरमा सकियो भूमिहीन लगत संकलन 

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रारम्भिक लागत संकलन सम्पन्न गरेको छ ।

 

प्रारम्भिक लागत संकलनअनुसार पालिकाको ६ वटा वडाबाट ६५५ भूमिहीन तथा अव्यवस्थित घरपरिवारको तथ्यांक संकलन गरिएको छ ।

 

भूमिहीन दलित घरपरिवार ४, भूमिहीन घर परिवार संख्या ४१ र अव्यवस्थित बसोबासीको संख्या ६१० रहेको छ ।

 

सबैभन्दा बढी वडा नम्ब्र ६ मा २६२ घर परिवार, वडा नम्बर २ मा २५५ र वडा नम्बर ३ मा ७९ जना भूमिहीन तथा अव्यवस्थित बसोबासी घरपरिवारको तथ्यांक संकलन गरिएको छ ।

 

त्यस्तै, वडा नम्बर १ मा १० जना, वडा नम्बर ४ मा ३४ जना र वडा नम्बर ५ मा १४ घरपरिवारको लागत संकलन गरिएको छ ।

 

तथ्यांक संकलनको काम निरन्तर रहने भूमिहीनसम्बन्धी समस्या समाधान आयोग छथर जोरपाटी इकाइका फोकल पर्सन नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।

 

लगत संकलनपछि प्रमाण पुगेका सहरी क्षेत्रका भूमिहीन दलित तथा सुकुम्बासीले बसोबासका लागि ४ आना ० पैसा १.४२ दाम जमिन पाउनेछन् ।

 

ग्रामीण क्षेत्रका भूमिहीन दलित तथा सुकुम्बासीले बसोबासका लागि १० आना २ पैसा ३.०९ दाम जमिन पाउनेछन् । कृषि प्रयोजनका लागि ५ रोपनी १४ आना १ पैसा १.६२ दाम जमिन पाउनेछन् ।

 

त्यस्तै, अव्यवस्थित बसोबासीले बसोबासका लागि सहरी क्षेत्रमा भूमिहीन दलित तथा सुकुम्बासीसरह ४ आना ० पैसा १.४२ दाम जमिन पाउनेछन् ।

 

ग्रामीण क्षेत्रमा बसोबासका लागि १ रोपनी १५ आना १ पैसा ३.२१ दाम र कृषि प्रयोजनका लागि १९ रोपनी १० आना २ पैसा ०.०७ दाम जमिन पाउनेछन् ।

 

यसरी जमिन पाउने घरपरिवारले आयस्रोतका आधारमा सरकारी मूल्यांकनको ८ देखि २०० प्रतिशतसम्म जमिनको राजस्व तिर्नुपने भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष नैनबहादुर विश्वकर्माले जानकारी दिए ।