close

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ४ मन्त्रीको सांसद पद खारेज

जसपाका अर्का अध्यक्ष ठाकुर भन्छन्: कारबाही भएकाे छैन

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ४ मन्त्रीको सांसद पद खारेज

जसपाका अर्का अध्यक्ष ठाकुर भन्छन्: कारबाही भएकाे छैन

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का ४ प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले जसपाबाट नियुक्त ४ मन्त्री सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

 

सन्तोषकुमार रूपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरू चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।

 

आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ जना सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले ६ वैशाख ६ मा मन्त्री बनाएका थिए ।


जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णय र जसपा लुम्बिनी प्रदेश संसदीय दलको पत्र सचिवालयमा प्राप्त भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सुचनामा उल्लेख छ ।

 

कसैलाई कारबाही भएको छैन: अध्यक्ष महन्थ ठाकुर


जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका सभामुखलाई बिहीबारै पत्र लेखेर कार्यकारिणी समितिबाट कसैलाई पनि कारबाही नभएको र लुम्बिनीमा ६ सदस्यीय प्रदेश संसदीय दललाई नै लोकतान्त्रिक तरिकाले निर्णय गर्ने अधिकार दिइएको जनाएका छन् ।

 

जसपा संसदीय दलका ६ मध्ये ४ सदस्य सरकारको पक्षमा लागिसकेका छन् ।