close

बाटो नबनाएको भन्दै प्रमुख र अध्यक्षविरुद्ध नाराबाजी 

बाटो नबनाएको भन्दै प्रमुख र अध्यक्षविरुद्ध नाराबाजी 

Trulli
ADVERTISEMENT

धनुषा– पालिकाको सबै वडामा बाटो निर्माण भएको भयो । हिलाम्य बाटोमा माटो हालियो तर आफुहरु बसेको  वडामा कुनै विकाश निर्माण न भएको भन्दै हँसपुर नगरपालिका–८ भतहीका स्थानीयले नगर प्रमुख र वडा अध्यक्ष विरुद्ध प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा झन्डै दुइ सय भन्दा बढी स्थानीय युवा र विद्यार्थीले प्रमुख र अध्यक्ष विरुद्ध नाराबाजी गर्दै भतही, रमनगरा र झटियाहीको टोलटोलमा पुगेर प्रदर्शन गरेका छन् । 

आठ सय बढी मतदाता रहेको टोलमा एउटै बाटोसमेत नबनेको स्थानीय सुनील मण्डलले पालिका खबरलाई बताए । टोलमा बाटो छैन सामान्य पानी पर्दा आवात जावत गर्न समेत समस्या हुने गरेको मंडलको गुनासो छ । उनका अनुसार भतही टोलमा एम्बुलेन्स त के मोटरसाइकल गुडाउने बाटोसमेत छैन । 

नगरप्रमुखको गृह वडामै विकास नभएको भन्दै स्थानीय आक्रोसित भएका हुन् । 

भतही भन्ने टोलमा अहिले सम्म केही गर्न न सकेको स्वीकार गर्दै वडा अध्यक्षले कोरोनाका कारण कारण धेरै काम गर्न नसकिएकाले स्थानीय आक्रोसित भएको बताए ।