close

कोरोनाका सक्रिय संक्रमित: रूपन्देही देशमै दोस्रो नम्बरमा उक्लियो

कोरोनाका सक्रिय संक्रमित: रूपन्देही देशमै दोस्रो नम्बरमा उक्लियो

Trulli
ADVERTISEMENT

रूपन्देही- देशभर सक्रिय संक्रमित थपिइरहेका बेला १८ वैशाखको संक्रमिततथ्यांकअनुसार रूपन्देही देशभरमै दोस्रो नम्बरमा परेको छ । काठमाडौंमा २४ सय ४ संक्रमित थपिँदा रूपन्देहीमा करिब ६०० संक्रमित थपिएका हुन् । 

 

यस्तै, लुम्बिनी प्रदेशको अर्को जिल्ला बाँके तेस्रो नम्बरमा छ । बाकेमा करिब ५२२ संक्रमित थपिएका हुन् । त्यसैगरी दाङ जिल्ला ५ औँ नम्बरमा छ । दाङमा करिब ३०० संक्रमित थपिएका हुन् । बर्दिया १५ औँ नम्बरमा छ । १८ वैशाखमा करिब ६० संक्रमित थपिएका थिए ।

 

त्यस्तै, पश्चिम नवलपरासी १७ नम्बरमा छ । त्यहाँ ४६ संक्रमित थपिएका थिए । रोल्पा १८ नम्बरमा रहेको छ, ६० बढी संक्रमित थपिएका छन् । पाल्पा २० औँ नम्बरमा छ । पाल्पामा ४९ संक्रमित थपिएका छन् ।