close

माओवादी केन्द्रलाई सांसद वलीको समर्थन 

माओवादी केन्द्रलाई सांसद वलीको समर्थन 

Trulli
ADVERTISEMENT

रूपन्देही- नेकपाबाट निर्वाचित सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । सांसद वली माओवादीमा प्रवेश गरेको पूर्वसामाजिक विकासमन्त्री एवं माओवादीका सांसद सुदर्शन बरालले पुष्टि गरेका छन् । 


‘उहाँ प्रवेश गर्नुभएको होइन । माओवादी रोज्नुभएको हो’, बरालले भने ।  दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

 

लुम्बिनी प्रदेशसभा ८१ सदस्यीय हुँदा अब सत्तारुढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका २ र राष्ट्रिय जनमोर्चासँग १ जना सांसद छन् । 

 

वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ । सांसद वली माओवादीमा प्रवेश गरेसँगै एमालेलाई धक्का लागेको छ । मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान राजीनामा दिँदै एमालेको एकल बहुमतमा सरकार बनाउने घोषणा गरेका छन् ।