close

२ सय विद्यार्थीलाई झोला वितरण

२ सय विद्यार्थीलाई झोला वितरण

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिकाका २  सय विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।


चन्दननाथ नगरपालिका–४ भारतीवाडास्थित अशोक नमुना प्राथमिक विद्यालय जुम्लामा अध्ययरत २ सय विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको हो ।


न्यानो स्वागत नेपालको आर्थिक सहयोगमा कर्णाली स्पोर्ट क्लबद्वारा विद्यार्थीलाई राहतस्वरुप शैक्षिक सामग्री र झोला वितरण गरिएको अशोक नमुना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्कीले बताए ।


उनका अनुसार लामो समयको लकडाउनबाट प्रभावित विपन्न बालबालिकाको राहत र पढ्ने बानी विकासका लागि शैक्षिक सामग्री वितरण गरिएको हो । उनले भने, ‘पाठ्यपुस्तक सुरक्षित राख्नका लागि झोला वितरण गरिएको हो ।’


अशोक नमुना विद्यालय व्यवस्थापन अध्यक्षका रुपमा  कार्की आएपछि विद्यालयको स्तर फेरिँदै गएको स्थानीय बताउँछन् । पहिले एउटा कक्षामा १०/१२ भन्दा बढी विद्यार्थी नहुने उक्त विद्यालयमा अहिले करिब २ सय बढी विद्यार्थी छन् ।


सामुदायिक विद्यालयप्रति अभिभावक तथा बालबालिकाको आकर्षण बढाउनका लागि विभिन्न निकायसँग सहकार्य गरिँदै आएको अध्यक्ष कार्की बताउँछन् ।


चालू शैक्षिक सत्रमा कोरोनाका कारण बालबालिकाको पढाइमा बाधा भएकाले विभिन्न निकायसँग सहकार्य गरी बेलाबेला सन्दर्भ-सामग्री वितरण गर्ने योजनामा रहेको कार्कीको भनाइ छ ।