close

महाकाली अस्पताललाई वेदकोट नगरपालिकाको सहयोग 

महाकाली अस्पताललाई वेदकोट नगरपालिकाको सहयोग 

Trulli
ADVERTISEMENT

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरिदका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

 

नगरप्रमुख अशोक चन्दले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरिद गर्न वेदकोटले आर्थिक सहयोग गरेको हो ।

 

चेक हस्तान्तरण गर्दै नगरप्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशीले पालिकाबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोकथामका लागि प्रयास आवश्यक रहेकामा जोड दिए । 

 

अस्पतालमा अक्सिजनलगायत स्वास्थ्य उपकरण अभाव भइरहेका बेला पालिकाबाट पाइएको सहयोगले केही राहत पुगेको उनको भनाइ छ ।

 

यसैगरी भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरिदका लागि अस्पताललाई २० लाख रुपैयाँ दिने घोषणा गरेको छ । कोरोनाको चेन तोड्न पालिकाले महाकाली अस्पतालसँग सहकार्य गरिरहेका छन् ।