close

सफ्टवेयरको सेक्युरिटी अडिट सूचना प्रविधि विभागबाट मिलाउन पत्राचार

सफ्टवेयरको सेक्युरिटी अडिट सूचना प्रविधि विभागबाट मिलाउन पत्राचार

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले देशभरका सबै स्थानीय तह र जिल्ला समन्वय समितिसहितका सरकारी निकायलाई परिपत्र गर्दै विकास र प्रयोग गर्ने सफ्टवेयरको सेक्युरिटी अडिट सूचना प्रविधि विभागबाट मात्र गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ ।

 

विकास समस्या समाधान समितिको बैठकले स्थानीय तहसहित सरकारका विभिन्न मन्त्रालय, आयोग, सचिवालय, केन्द्रीय स्तरका कार्यालय र अन्तर्गतका निकायले विकास र प्रयोग गर्ने सफ्टवेयरको सेक्युरिटी अडिट सूचना प्रविधि विभागबाट मात्र गर्ने व्यवस्था मिलाउन सबै निकायमा लेखी पठाउने निर्णय लिएको थियो ।

 

सूचना प्रविधि विभागको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो परिपत्र गरेको हो ।