close

दुधौलीमा २९ वैशाखसम्म निषेधाज्ञा

दुधौलीमा २९ वैशाखसम्म निषेधाज्ञा

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिकाले २९ वैशाखसम्म निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाका बिरामी बढ्दै गएपछि संक्रमण फैलन नदिन नगरपालिकाले निषेधाज्ञा घोषणा गरेको हो ।

 

नगरपालिकाले आइतबार राती १२ बजेदेखि लागू हुने गरी २९ वैशाखसम्म निषेधाज्ञा घोषणा गरेको नगरप्रमुख घनश्याम राउतले जानकारी दिए । उनले भने, ‘नगर विपद् व्यवस्थापन समिति दुधौलीको आइतबार बसेको बैठकले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।’

 

यसअघि नगरका २ वटा वडामा मात्र निषेधाज्ञा लगाइए पनि अब १४ वटै वडामा यसलाई विस्तार गरिएको उनले बताए ।

 

निषेधाज्ञा अवधिभर बजार, होटल, सैलुन, स्थानीय सार्वजनिक यातायातका साधन, सरकारी, गैरसरकारी संघ-संस्था लगायत कार्यालयका सेवा बन्द रहनेछन् । दुधौली नगरपालिकामा दोस्रो लहरमा हालसम्म २९ जना नयाँ संक्रमित भेटिएका छन् ।