close

क्वारेन्टाइनमा बसेका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

क्वारेन्टाइनमा बसेका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

Trulli
ADVERTISEMENT

हुम्ला(सीमकोट)- हुम्लाको सीमकोटमा सेल्फ क्वारेन्टाइनमा बसेका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्रीसहितको स्वास्थ्य किड्स हस्तान्तरण गरिएको छ । 


जनस्वास्थ्य कार्यालय हुम्लाले जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बलको क्वारेन्टाइनमा बसेका सुरक्षाकर्मीका लागि कोभिड-१९ बाट बच्न उक्त सामग्री सहयोग गरिएको सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।


अनमी बोहराले भनिन्, ‘क्वारेन्टाइनमा बसेको समय आवश्यक पर्ने स्वास्थ्य सामग्रीसहित ८ वटा सामान रहेको किड्स बक्स हस्तान्तरण गरेका हौँ । ९ वटा किड्स जनपथ र ९ वटा किड्स सशस्त्र प्रहरी बललाई वितरण गरियो ।’

 

उक्त सामग्री जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीलाई हस्तान्तरण गरिएको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।


विभिन्न कामको प्रयोजनका लागि जिल्ला बाहिर गएर फर्किएपछि कार्यालयमै बनाइएको क्वारेन्टाइनमा रहेका जनपद प्रहरीका १५ र सशस्त्र प्रहरीका १० जना प्रहरीलाई प्रयोग गर्न मिल्ने ग री उक्त सामग्री हस्तान्तरण गरिएको सिनियर अनमी बोहराले बताइन् ।

 

हस्तन्तरण गरिएका सामग्री कार्यालयले आवश्यक्त अनुसार प्रयोग गर्ने नेपाल प्रहरी हुम्लाका प्रमुख शर्माले जानकारी दिए । हस्तान्तरण गरिएका स्वास्थ्य किड्समा डिजिटल थर्ममिटर, ५० थान सर्जिकल मास्क, स्यानिटाइजर, भाँडा सफा गर्ने साबुन र जाली, कोठा सफा गर्ने लिक्विडलगायत छन् ।