close

ताप्लेजुङ जिल्ला अस्पतालमा सबै सेवा बन्द

ताप्लेजुङ जिल्ला अस्पतालमा सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङ जिल्ला अस्पतालमा मंगलबारदेखि ओपिडीलगायत सेवा बन्द गरिएको छ ।

 

कोभिड-१९ महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढेपछि ओपिडीलगायत सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको हो ।

 

जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिङ लामाले सूचना जारी गर्दै मंगलबारदेखि जनरल ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा, कण्डम र पिल्स वितरण तथा डिपो सुई लगाउनेबाहेक परिवार नियोजन सेवा बन्द गरिएको बताएका हुन् ।

 

अहिले अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने बिरामीको संख्या पनि उल्लेख्य रहेको र जनशक्ति व्यवस्थापनमा कठिनाइ देखिएपछि अर्को व्यवस्था नहुँदासम्म सेवा बन्द रहने डा. लामाको भनाइ छ । फिवर क्लिनिक भने सञ्चालनमा रहने जिल्ला अस्पतालले जनाएको छ ।