close

बिर्तामोडमा अत्यावश्यकबाहेकका सेवा बन्द

बिर्तामोडमा अत्यावश्यकबाहेकका सेवा बन्द

Trulli
ADVERTISEMENT

झापा- झापाको बिर्तामोड नगरपालिकाले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएका कारण अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ ।

 

बिर्तामोड नगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै कार्यालयले प्रदान गर्दै आएका अत्यावश्यकबाहेकका सबै सेवा ३१ वैशाखसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

 

नियमित कार्यालय सञ्चालन हुँदा भीडभाड बढ्दै जाने र सेवाग्राहीमा समेत संक्रमण फैलने जोखिमलाई दृष्टिगत गरी नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने अति आवश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए ।

 

नगरपालिकाले स्वास्थ्य, वारुण यन्त्र, फोहोरमैला व्यवस्थापन, नगर प्रहरी सेवा र भूमिसम्बन्धी समस्या समाधान आयोगका काम भने रोकिने छैनन् ।