close

बागलुङमा संक्रमित जनप्रतिनिधिको मृत्यु

बागलुङमा संक्रमित जनप्रतिनिधिको मृत्यु

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाकी ३० वर्षीया गाउँ कार्यपालिका सदस्य तेजमाया भण्डारी परियारको उपचारका क्रममा मंगलबार राती धौलागिरि अस्पतालमा मृत्यु भएको हो ।

 

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको १९ वैशाखमा गरिएको जाँचमा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । 


श्वासप्रश्वास समस्याका कारण उनको निधन भएको अस्पतालका डा.शैलेन्द्र विक पोखरेलले बताए ।