close

कञ्चनपुरमा एकै दिन २२९ जनामा संक्रमण     

कञ्चनपुरमा एकै दिन २२९ जनामा संक्रमण     

Trulli
ADVERTISEMENT

कञ्चनपुर- कञ्चनपुरमा मंगलबार अहिलेसम्मकै बढी कोरोना संक्रमित फेला परेका छन् ।

 

कञ्चनपुरमा १४७ जनामा गरिएको पिसिआर र ८२ जनामा गरिएको एन्टिजेन्ट परीक्षणमा २२९ नयाँ कोरोना सक्रमित फेला परेका हुन् ।


कोरोनाबाट कञ्चनपुरमा मंगलबार मात्रै २ जनाको मृत्यु भएको छ ।

 

कोरोनाका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का ७८ वर्षीय पुरुष र बेलौरी नगरपालिका वडा नम्बर १ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ४६ जनाले ज्यान गुमाइसकेका छन् ।