close

पालिका क्षेत्रमा सञ्चालित योजनाको विवरण उपलब्ध गराउन सिरिजंघाको आदेश

पालिका क्षेत्रमा सञ्चालित योजनाको विवरण उपलब्ध गराउन सिरिजंघाको आदेश

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पालिका क्षेत्रमा क्रियाशील गैरसरकारी संघ-संस्थालाई सञ्चालित आयोजना तथा कार्यक्रमको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ । ५ जेठभित्र सो विवरण उपलब्ध गराइदिन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरिले जानकारी दिए ।

 

गाउँपालिकाले विवरण उपलब्ध गराउन ढाँचासमेत दिएको छ । विवरण उपलब्ध गराउने गैरसरकारी संघ-संस्थाहरूले खर्च शीर्षक नम्बर, आयोजना कार्यक्रमको नाम, प्रस्तावित रकम (हजारमा) र आयोजना, कार्यक्रम कार्यान्वयन स्थलसहित उल्लेख गर्नुपर्नेछ ।

 

गाउँ कार्यपालिकाको गत १५ वैशाखामा बसेको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ को उपदफा(२) मा प्रत्येक स्थानीय तहभित्र क्रियाशील गैरसरकारी संघ-संस्थाहरूले आफ्नो वार्षिक कार्ययोजना, कार्यक्रम तथा बजेट स्थानीय तहको वार्षिक योजना, कार्यक्रम तथा बजेटमा समावेश गराउने व्यवस्था भएबमोजिम आउँदो सिरिजंघाको नियमित गाउँसभा अधिवेशनबाट उपरोक्त बमोजिमको व्यवस्था कार्यान्वयनमा लैजान यस्तो विवरण माग गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।