close

झापामा निषेधाज्ञा जारी

झापामा निषेधाज्ञा जारी

Trulli
ADVERTISEMENT

झापा- कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि झापामा बिहीबारदेखि पूर्ण निषेधाज्ञा लगाइने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठकले बिहीबार राती १२ बजेदेखि ३१ वैशाखसम्म निषेधाज्ञा लगाउने निर्णय भएकोे बैठकमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले बताए ।

 

झापामा सोमबारदेखि आंशिक रूपमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा बिहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात सञ्चालन भइरहेको छ । 

 

निषेधाज्ञा लागू भएपछि पसल, बजार, यातायात पूर्ण रूपमा बन्द गरिनेछ । कुनै पनि जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय पुगेपछि प्रशासनलाई पूर्ण निषेधाज्ञा लगाउन सक्ने अधिकार छ । झापामा सक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ ।

 

कन्काईमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

 

झापाको कन्काई नगरपालिकाले कोरोना संक्रमणका कारण अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ ।


२१ देखि २६ वैशाखसम्म अत्यावश्यकबाहेक अन्य सेवा स्थगित गरिएको कन्काईका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।


कोभिड-१९ संक्रमणले सेवा प्रवाह गर्दा थप जोखिम बढ्ने देखिएकाले स्थगित गरिएको उनको भनाइ छ । कन्काई नगरपालिका कार्यालय र ९ वटै वडा कार्यालयको अत्यावश्यक सेवा स्थगित गरिएको हो ।