close

आफ्ना नगरबासीकाे निःशुल्क स्वाब परीक्षण गर्दै देवदह नगरपालिका

आफ्ना नगरबासीकाे निःशुल्क स्वाब परीक्षण गर्दै देवदह नगरपालिका

Trulli
ADVERTISEMENT

रूपन्दही- रूपन्देहीको देवदह नगरपालिकाले अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो ।

 

त्यस्तै, २० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आइसियु सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले काम गरिरहेको देवदहका नगरप्रमुख हिराबहादुर खत्रीले बताए ।

 

१२ वैशाखसम्म सामान्य रहेको संक्रमणको अवस्था दिनानुदिन बढिरहेको र हाल देवदहमा सक्रिय संक्रमित बढ्दै गएकाले संक्रमणलाई थप फैलिन नदिन जारी निषेधाज्ञा कडाइसाथ पालना गर्नसमेत नगरबासीलाई उनको आग्रह छ ।

 

जटिल समस्या देखापरेका संक्रमितको उपचारमा आवश्यक सहजीकरण गरिरहेको र अक्सिजन अभावको पछिल्लो अवस्थालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरणका लागि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको नगरप्रमुख खत्रीले बताए ।


‘देशभर स्वास्थ्य पूर्वाधार अभावको स्थिति छ । सीमित स्रोत-साधन र जनशक्तिका बाबजुद नगरबासीको जीवन रक्षाका लागि जस्तोसुकै चुनौतीको सामना गर्न नगरपालिका प्रतिबद्ध छ’, खत्रीले भने ।


नगरबासीको सुविधाका लागि कोरोना संक्रमणको लक्षण देखिएकाहरूको स्वाब समेत त्यहीबाट लिने र परीक्षणलाई समेत निःशुल्क गरिएको उनले जानकारी दिए । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न उनले नगरबासीलाई आग्रह गरे ।