close

गाउँपालिका अध्यक्षसहित ४ जनालाई एमालेको स्पष्टीकरण

गाउँपालिका अध्यक्षसहित ४ जनालाई एमालेको स्पष्टीकरण

Trulli
ADVERTISEMENT

कालीकोट- नेकपा एमाले कालीकोटले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै गाउँपालिका अध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोधेको छ ।

 

एमाले कालीकोट जिल्ला अध्यक्ष नगेन्द्र शाही, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द्र चौलागाईं, सोही गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाही, खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्ट र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको सचिवालयमा कार्यरत एमाले नेता रवीन्द्रबहादुर शाहीलाई ५ वटा बुँदा समेटेर स्पष्टीकरण भनिएको छ ।

 

स्पष्टीकरणमा पार्टी नेतृत्वले अँगालेका विचार, सिद्धान्तविरुद्ध गएको, कर्णाली प्रदेशमा सरकार गठनमा विरोधी दलको प्रलोभनमा परी फ्लोर क्रस गर्ने सांसदलाई पार्टीले राजनीतिक अपराधका रूपमा लिए पनि त्यसबारे नबोलेको, चुनाव जितेर पदमा पुर्‍याउने दलसँग सांगठनिक रूपमा टाढा भएकोलगायत बुँदा समेटेर साता दिनभित्र स्पष्टीकरण दिन निर्देश गरिएको छ ।

 

शुभकालिका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, खाँडाचक्र नगरपालिका उपप्रमुख विष्ट एमालेको सूर्य चिह्नबाट २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । यसअघि एमालेले दैलेखका जनप्रतिनिधिलाई समेत स्पष्टीकरण सोधेको थियो ।