close

हरिनगरले बनायो अक्सिजनसहितको ५० शय्याको आइसोलेसन केन्द्र

हरिनगरले बनायो अक्सिजनसहितको ५० शय्याको आइसोलेसन केन्द्र

Trulli
ADVERTISEMENT

सुनसरी(हरिनगर)- सुनसरीको हरिनगर गाउँपालिकाले कोरोना भाइरसका संक्रमित बिरामी राख्न अक्सिजनसहितको ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

 

हरिनगर गाउँपालिका कार्यपालिकाको आकस्मिक बैठकले वडा नम्बर १ स्थित भुटाहा जनरल हस्पिटल भुटाहामा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । 

 

सुनसरीको दक्षिण क्षेत्र हरिनगर, देवानगञ्ज र बर्जु गाउँपालिकामा कोरोना संक्रमितको संख्या पछिल्लो सातायता बढेपछि गाउँपालिकाले ५० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन ढुंगेलका अनुसार वडा नम्बर १ स्थित भुटाहा जनरल हस्पिटलमा भएको संरचनालाई प्रयोग गरी पुनः अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्ने निर्णय भएको छ । 

 

आइसोलेसन केन्द्रमा आपतकालका लागि ५ थान अक्सिजन सिलिन्डर व्यवस्था गरिएको उनले जानकारी दिए ।