close

मेयर–उपमेयर चढ्ने गाडी एम्बुलेन्स

नगरप्रमुख घिमिरेले भने, ‘नागरिक एम्बुलेन्स नपाएर घरमै छट्पटाइरहने अनि हामीलाई गाडी चढ्न नैतिकताले दिन्छ ?

मेयर–उपमेयर चढ्ने गाडी एम्बुलेन्स

नगरप्रमुख घिमिरेले भने, ‘नागरिक एम्बुलेन्स नपाएर घरमै छट्पटाइरहने अनि हामीलाई गाडी चढ्न नैतिकताले दिन्छ ?

Trulli
ADVERTISEMENT

रूपन्देही- जनप्रतिनिधिले सुविधाभोगी, द्रव्यमोही भएको आरोप लाग्ने गरेको छ । राजनीतिलाई पेसा, व्यवसायभन्दा पनि कमाउने माध्यम बनाउने जनप्रतिनिधि अहिले पनि बग्रेल्ती छन् । तर, औँलामा गन्न सकिने यस्ता जनप्रतिनिधि पनि छन्, जसले आफ्नो सुविधा जनताका नाममा सुम्पिएका छन् । 


रूपन्देहीको तिलोत्तमा जनप्रतिनिधिले कोरोना महामारीमा विपद्मा परेका नागरिकलाई सुविधा दिन आफू चढ्ने गाडीलाई नै एम्बुलेन्स बनाएर सराहनीय काम गरेका छन् । कोरोनाका बिरामीको चाप अत्यधिक बढ्दै गएपछि तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने भएको छ ।

 

नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिँदै जाँदा संक्रमितलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स अभाव भएपछि नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोगमा ल्याइने भएको हो ।


‘नगरबासी उपचारका लागि अस्पताल नपुग्ने अवस्था आएपछि हामी गाडी चढेर के गर्ने ? त्यसैले हामी चढ्ने गाडी एम्बुलेन्स बनायौँ’, नगरप्रमुख वासुदेव घिमिरेले भने, ‘नागरिकहरू एम्बुलेन्स नपाएर घरमै छट्पटाइरहँदा उनीहरूकै करबाट किनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले दिएन ।’

 

घिमिरेले लु१झ ३६० नम्बर र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए । यी दुवै गाडी बिहीबारबाट तिलोत्तमाका सर्वसाधारणको उपचारका लागि प्रयोग हुनेछन् ।


गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र बिहीबारदेखि नै एम्बुलेन्सको रूपमा प्रयोगमा ल्याइने प्रमुख घिमिरेले जानकारी दिए ।

 

तिलोत्तमाले यसअघि वडा नम्बर १ शंकरनगर वनवाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरी अक्सिजनसहितको आइसोलेसन अस्पतालको रूपमा सञ्चालनमा ल्याइसकेको छ ।


दैनिक १ सयदेखि २ सयसम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमा रूपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित भेटिएको नगरपालिकासमेत हो ।