close

कोरोना संक्रमित युवकले गरे आत्महत्या

कोरोना संक्रमित युवकले गरे आत्महत्या

Trulli
ADVERTISEMENT

चितवन(माडी)- माडी नगरपालिका वडा नम्बर ३ इनारबरुवा गाउँका ३२ वर्षीय कोरोना संक्रमित युवकले झुन्डिएर आत्महत्या गरेका छन् ।

 

करिब १ साताअघि भारतको बिहारमा सम्पन्न वैवाहिक कार्यक्रममा सहभागी भई फर्किएका उनलाई परिवार र छिमेकीले घरसँगैको गोठमा आइसोलेसनमा राखेका थिए ।

 

लगातार झाडापखाला लागेका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । 

 

उनले गए राती झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । घटनाको अनुसन्धान र शव व्यवस्थापन गर्न लागिएको प्रहरीले बताएको छ ।